नयाँ सरकार गठनबारे कुरा गर्न वरिष्ठ तालिबान नेता काबुलमा



तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर अफगानिस्तानमा नयाँ सरकार गठनको छलफलका लागि राजधानी काबुल पुगेका छन् । उनी अफगानिस्तानमा भएका तालिबान नेतामध्ये सबैभन्दा वरिष्ठ नेता हुन् जसले अफगानिस्तानबाट अमेरिका फर्किने प्रारूप तयार गरेको अमेरिकासँगको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने वाचा गरेको भए पनि यसबारे धेरैमा आशङ्का छ । तालिबानले सङ्कट व्यवस्थापनका लागि अशरफ घानीको पूर्ववर्ती सरकारसँग काम गरेका विज्ञहरूलाई ल्याइने बताएको छ । बरादरबाहेक कट्टरवादी धार हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन् ।

उनको नाम अमेरिका र संयुक्त राष्ट्रसङ्घ दुवैले तयार पारेको फरार आतङ्कवादीको सूचीमा छ । अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्किन थालेका थिए । स्वदेश फर्किनेमध्ये कतिपय नेतारूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए ।

बरादर स्वदेश फर्कने क्रममा सुरुमा कान्दहार विमानस्थलमा ओर्लिएका थिए । कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो । बीस वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनुअघिसम्म कान्दहार उनीहरूको महत्त्वपूर्ण आधारक्षेत्र थियो ।

मुल्लाह अब्दुल गनी बरादर ती चार नेतामध्येका एक हुन् जसले सन् १९९४ मा तालिबानको गठन गरेका थिए । सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका नाइके बनेका थिए ।

सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो । सन् २०१२ सम्म उनकाबारे धेरै जानकारी उपलब्ध थिएन ।

त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा हुने गर्थ्यो । सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गर्यो । उनी तालिबानका पूर्वप्रमुख मुल्लाह ओमारले सबैभन्दा विश्वास गरेका व्यक्ति र उनका निकट सहयोगी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोभिड संक्रमण बढेपछि न्युयोर्कमा संकटकाल घोषणा

अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल

वृद्ध र बिरामीको हेरचाह गर्न जर्मनीमा ३५ हजार स्वास्थ्यकर्मीको अभाव

जर्मनीमा बिरामी र वृद्धवृद्धाको हेरचाह गर्न कम्तीमा ३५ हजार स्वास्थ्यकर्मीको अभाव भएको छ

भारतमा कोभिडको ‘ओमिक्रोन भेरिएन्ट’ देखापरेपछि उच्च सतर्कता

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन

ताइवानसँगको सबै प्रकारका आधिकारिक अन्तरक्रिया रोक्न अमेरिकालाई चीनको चेतावनी

चीनको विदेश मन्त्रालयका प्रवक्ताले संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन–अमेरिका