अफगान सरकारी अधिकारीलाई आममाफी दिने तालिबानको घोषणा



तालिबान समूहले मङ्गलबार अफगानिस्तानका सबै सरकारी अधिकारीहरूका लागि ‘आम माफी’ को घोषणा गरेको छ । तालिवान नेतृत्वले शरिया कानूनको पक्षधर महिलालाई पनि काममा फर्किन आग्रह गरेको छ ।

शरिया कानून इस्लाम धर्मको धार्मिक उपदेशका आधारमा बनाइएको कानून हो । तालिवानको सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह सामङ्गानीले अफगानिस्तानमा प्रशासनसम्बन्धी पहिलो भनाइ सार्वजनिक गर्दै कर्मचारीलाई आममाफी दिइने बताएका फ्रान्सेली टेलिभिजन, फ्रान्स–२४ ले उल्लेख गरेको छ ।

“पूर्ण आत्मविश्वासका साथ कर्मचारीले आफ्नो दिनचर्याको जीवन फेरि सुरु गर्नुपर्छ,” सामञ्जनीले माफी को घोषणा गर्दै भने । शरिया कानुन बमोजिम महिलालाई पनि सरकारमा सहभागी हुन दिइएको छ तर उनीहरू शरिया कानुन अनुसार सरकारी संरचनामा रहनुपर्दछ ।

अफगानिस्तानको प्रमुख टिभी स्टेशन टोलो न्युजले उसको एक महिला कार्यक्रम सञ्चालिकाले मंगलबार तालिवानको सञ्चार समूहका सदस्य सामाङ्गिनीको अन्तरवार्ता प्रसारण गरेको थियो ।

उक्त कार्यक्रममा ती तालिवान सदस्यले सरकारको संरचना अझै पूर्ण रुपमा स्पष्ट नभएको तर अनुभवका आधारमा पूर्ण इस्लामिक नेतृत्व हुनुपर्ने र सबै पक्षलाई समाबेश गरिने बताएका थिए । तालिबानले अफगानिस्तानलाई कसरी शासन गर्ने भन्ने विषयमा घोषणाहरूमा स्पष्ट भएका छैनन् । तर साङ्केतिक रूपमा उनीहरूले इस्लामी “सिद्धान्त“ अनुसार हुनेछ ।

इस्लामी कानुन शारियको कठोर व्याख्या अनुसार शासन गर्ने तालिबानको अधीनमा महिलाहरू धेरै हदसम्म आफ्नो घरमा मात्र सीमित थिए । विद्रोहीहरूले हालैका वर्षहरूमा यसमा केही लचक बन्ने प्रयास गरेका भएपनि थुप्रै अफगानीहरू नै तालिवानले सत्ता सञ्चालनका क्रममा देखउनसक्ने शैलीप्रति शङ्का व्यक्त गरेका फ्रान्स–२४ टेलिभिजनले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो जाँदा १५ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने

आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी आरोप

वासिङटन । चीनले आफ्नो सबैभन्दा नयाँ आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको घटनालाई ढाकछोप

हाइटीमा भएको हिंसामा कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले हाइटीमा जारी हिंसामा यसवर्ष तीन हजार ६०० भन्दा बढी

शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्ने

टोकियो ।  सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु