राष्ट्रपति बाइडनद्वारा अमेरिकी फौज फिर्ता गर्ने निर्णयको बचाउ



अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताएका छन् ।

युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि चौतर्फी आलोचना खेपिरहेका बेला उनले आफ्नो निर्णयको बचाउ गरेका हुन् । उनले काबुलका अत्यन्त विदारक दृश्यका बावजूद अमेरिकी फौज हटाउने उपयुक्त समय कहिल्यै पनि नहुने बताएका छन् ।

अफगान राष्ट्रपति अशरफ गनीले देश छाडेर उनको सरकार ढलेपछि आइतबार तालिबानले लडाइँ जितेको घोषणा गरेको थियो । सशस्त्र विद्रोहीहरू पुनः सत्तामा आउने अवस्थासँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थिति अन्त्य भएको छ ।

तालिबानको नियन्त्रणमा जाने काबुल अन्तिम प्रमुख सहर बनेको छ । तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए । पछिल्ला दिनहरूमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे । तालिबानको यस्तो तीव्र विस्तारले धेरै विश्लेषकलाई पनि झड्का लगाइदिएको छ ।

राष्ट्रपति बाइडन क्याम्प डेभिडबाट सोमवार ह्वाइट हाउस फर्केर करिब एक सातापछि अफगानिस्तानबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले भने, ‘जे होस्, गत साताका विकासक्रमले अफगानिस्तानमा अमेरिकी सैन्य संलग्नता अहिले अन्त्य गर्नु उचित निर्णय थियो भन्ने पुष्टि गर्छ।’ ‘अफगान फौजले उनीहरूकै लागि लड्न नचाहेको लडाइँ अमेरिकी सैनिकहरू लड्न सक्दैनन् र लड्नु र युद्धमा मर्नु हुँदैन।’

अमेरिकी सैन्य फिर्तीको उनको निर्णयपछि काबुलमा देखिएको उथलपुथललाई लिएर बाइडनले चर्को राजनीतिक आलोचनाको सामना गर्नुपरेको छ । उनले आफू उप–राष्ट्रपति हुँदा सन् २००९ मा त्यसबेलाका राष्ट्रपति बराक ओबामाले अफगानिस्तानमा थप हजारौँ सैनिकहरू पठाउने निर्णय गर्दा त्यसको विपक्षमा उभिएको स्मरण गरे ।

उनले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका बेला तालिबानसँग भएको सम्झौता अनुसार आफूले अमेरिकी सैन्य फिर्तीको निर्णयलाई अघि बढाएको पनि उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियाको अवैध सुनखानीमा पहिरो जाँदा १५ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

पश्चिमी इन्डोनेसियाको अवैध सुनखानीमा गएको पहिरोमा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने

आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको कुरालाई चीनले ढाकछोप गरेको अमेरिकी आरोप

वासिङटन । चीनले आफ्नो सबैभन्दा नयाँ आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको घटनालाई ढाकछोप

हाइटीमा भएको हिंसामा कम्तीमा तीन हजार ६६१ जनाको मृत्यु

जेनेभा । संयुक्त राष्ट्रसङ्घले हाइटीमा जारी हिंसामा यसवर्ष तीन हजार ६०० भन्दा बढी

शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्ने

टोकियो ।  सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षामन्त्री शिगेरु