कोरोना संक्रमणबाट भारतमा थप ५५५ जनाको मृत्यु



भारतमा थप ४४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभरी ४४ हजार २३० जना नयाँ सङ्क्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिले चार लाख पाँच हजार १५५ जना सङ्क्रमित अवस्थामै रहेका जनाएको छ । सङ्क्रमित अवस्थामै रहेकाहरुको यो सङ्ख्या कूल सङ्क्रमितहरुको सङ्ख्याको १.२८ प्रतिशत मात्रै भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड १५ लाख ७२ हजार ३४४ रहेको छ ।

ती मध्ये ४२ हजार ३६० जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका हुन् । एकैदिनमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या थोरै भएकाले अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या अघिल्लो दिनभन्दा बढी भएको छ ।

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख २३ हजार २१७ जनाको मृत्यु भएको छ । ती मध्ये ५५५ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ४६ करोड ४६ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४५ करोड ६० लाखलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । प्यालेस्टिनी सशस्त्र समूह हमासले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्चर्यजनक प्रस्तावको विरोध

भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान अमृतसरमा अवतरण

अमृतसर। संयुक्त राज्य अमेरिकाबाट निष्कासित सयभन्दा बढी भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान

स्विडेनको एक शिक्षा केन्द्रमा बन्दुकधारीको आक्रमणमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा १० जनाको मृत्यु

युएसएडले आफ्ना सबै कर्मचारीलाई बोलायो फिर्ता

वासिङ्टन । अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले आफ्ना विदेशी पोस्टिङबाट