सिरियामा इजरायली सेनाको मिसाइल आक्रमण


बुधबारको मध्यरातिदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातिदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको जनाइएको छ ।

सिरियाको समाचार समिति सानाले सो हमला इजरायली सेनाले गरेको पुष्टि भएको पनि बताएको छ । मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा हमला केन्द्रित रहेको पाइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ ।

त्यसबाट भएको हताहतको समाचार भने आएको छैन । केही दिनयतादेखि इजरायलले सिरियामाथि हमला गरिरहेको छ । गत सोमबार मात्र पनि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो ।

यस विषयमा सिरियाले भने कुनै प्रतिक्रिया दिएको छैन । सिरियामा अहिले पनि हिंसा जारी रहेको छ र विभिन्न हिंसात्मक समूहहरुका कारण नागरिकको ज्यान जाने क्रम जारी छ ।