कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ७४ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ७४ हजार ६८० जनाको मृत्यु भएको छ ।
विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ९४ लाख ७४ हजार ८६० जना रहेका छन । विश्वभर तीन अर्ब ५६ करोड ८१ लाख १३ हजार ५७४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।


प्रतिक्रिया