अष्ट्रेलियाले कोभिडविरुद्धको खोप अभियानलाई तिब्रता दिने
अष्ट्रेलियाका प्रधानमन्त्रीले कोरोना विरुद्धको खोपको मात्रा बढाउने बताएका छन् । प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री मोरिसनले अष्ट्रेलियाकामा आगामी सेप्टेम्बर महिनामा कोरोना भाइरसको खोप फाइजर खोप आउन लागेको र त्यो खोप अगष्ट महिनाबाट दिइने बताए ।
उनले यही जुलाई महिनाको १९ तारिखदेखि अष्ट्रेलियामा हरेक हप्ता नै कम्तीमा पनि दश लाख खोप ल्याइने पनि बताए । खोप नागरिकहरुलाई सकेसम्म चाँडै वितरणको व्यवस्था मिलाइएको पनि उनले बताए । उनले यो वर्षको अन्त्यसम्ममा अष्ट्रेलियाका प्रत्येक नागरिकलाई कम्तीमा पनि एक मात्रा खोप दिइसक्ने तयारी गरेको जानकारी दिए ।
जुन महिनामा अष्ट्रेलियाया सरकारले कोरोना भाइरसका विरुद्धमा लड्नका लागि आवश्यक धेरै तयारी गरेको जानकारी उनले गराएका छन् ।