नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट १० सर्वसाधारणको मृत्यु
नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जनाको हत्या गरेका छन् । प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले घटनाको पुष्टि गरेका थिए ।
उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए । गोली लागेर घटनास्थलमै ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार साँझ सो दुर्घटना भएको ती प्रहरी प्रमुखले जानकारी दिएका हुन् । उक्त घटनापछि उक्त भ्यानमा आएका व्यक्तिको खोजी कार्य शुरु भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई भेट्न भने नसकेको पनि प्रहरीले जानकारी दिएको छ । आइतबार साँझ सो दुर्घटना भएपछि प्रहरी र सेनाले घटनास्थललाई घेरा हालेर बन्दुकधारीको खोजी थालेको र सोमबारसम्म उनीहरुलाई पक्राउ गर्न नसकेको बताइएको छ । यो क्षेत्रमा विगतमा पनि हिंसा हुने गरेको थियो । बन्दुकधारीले गाउँ गाउँमा पुगेर सर्वसाधारण तथा किसानको हत्या गर्ने गरेका थिए ।