खोपहरू विकास गर्ने आवश्यक समयलाई १०० दिनभित्र झार्ने जी–सेभेनका नेताहरुको लक्ष्य



धनी देशहरूको समूह जी–सेभेनका नेताहरूले कोभिड–१९ महामारीले ल्याएको जस्तो क्षति अब कहिल्यै नदोहोरिने सुनिश्चितता गर्न आफ्ना सबै स्रोतहरू प्रयोग गर्ने वाचा गर्दैछन् ।

कोर्नवलमा भइरहेको जी–सेभेन सम्मेलनको दोस्रो दिन उनीहरूले एउटा घोषणापत्र जारी गर्नेछन् जसमा उक्त उद्देश्य हासिल गर्नका लागि चरणबद्ध उपायहरू हुनेछन् ।

खोपहरू विकास गर्न आवश्यक समयलाई १०० दिनभित्र झार्ने उनीहरूको लक्ष्य छ । शुक्रवार ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले सम्मेलन सुरु गर्ने क्रममा विश्वव्यापी असमानतासँग जुझ्न आग्रह गरेका थिए। तीन दिने सम्मेलनको आतिथ्य गरिरहेका जोनसनले सन् २००८ को आर्थिक सङ्कटका गल्तीबाट सिक्दै असमानतासँग जुझ्नु महत्वपूर्ण रहेको बताएका थिए ।

शुक्रवारका छलफलहरूपछि नेताहरूले कोर्न्वलकै इडन प्रोजेक्ट परिसरमा महारानीसँग रात्रि भोज गरेका थिए । विश्वका उन्नत अर्थतन्त्रहरू क्यानडा, फ्रान्स, जर्मनी, जापान, इटली, संयुक्त अधिराज्य र अमेरिकासहित युरोपेली सङ्घ ईयूका दुई शीर्ष नेताले उक्त सम्मेलनमा सहभागिता जनाइरहेका छन्। शनिवारको विशेष सत्रपछि नेताहरूले कर्बिस बे घोषणापत्र जारी गर्नेछन् ।

जसमा कोभिड–१९ का कारण क्षतविक्षत भएका मानवीय र आर्थिक हानिको कुनै पुनरावृत्ति नहुने प्रयास स्वरूप योजनाहरू समेटिनेछन्। महामारी सुरु भएयता विश्वभर साढे १७ करोड मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित हुनुका साथै ३७ लाखभन्दा धेरैले कोभिड जोडिएका घटनामा ज्यान गुमाएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको विवरण छ ।

खोपको विकास र अनुमति दिने समय घटाउँदै भविष्यमा देखा पर्ने कुनै रोगको पहिचान र उपचारलाई सय दिनभित्र सीमित पार्ने, विश्वव्यापी निगरानी सञ्जाल र जिनोमिक सिक्वेन्सिङ्ग क्षमतालाई थप सबल बनाउने, विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओलाई सुधार गर्दै थप बलियो बनाउन सहायता गर्ने उनीहरुले योजना बनाउँदैछन् ।

सम्मेलनअघि ब्रिटिश प्रधानमन्त्री जोनसनले भनेका थिए, ‘साँच्चिकै कोरोनाभाइरसलाई पराजित गरेर त्यसको असरबाट बाहिर निस्कने हो भने हामीले यस्ता महामारीलाई भविष्यमा कहिल्यै दोहोरिन दिनबाट रोक्नुपर्छ। त्यसको मतलब पछिल्ला १८ महिनाबाट सिक्दै अब आउँदो समय फरक तरिकाले काम गर्नु हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिलिपिन्समा विद्रोही लडाकूबीच भएको विवादमा ११ जनाको मृत्यु

मनिला । दक्षिणी फिलिपिन्समा सशस्त्र विद्रोही समूहका लडाकु कमान्ड युनिटहरूबीच भएको विवाद तथा

उत्तर कोरियाले आइसिबिएम प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा तनावबारे चीनद्वारा चिन्ता व्यक्त

चीनले बिहीबार कोरियाली प्रायद्वीपको स्थितिप्रति ‘चिन्ता’ व्यक्त गरेको छ । प्योङयाङले आफ्नो आणविक

युक्रेनको खार्किभमा पुनः रूसी हमला, दुईजनाको मृत्यु, ३४ घाइते

    युक्रेनी सहर खार्किभमा भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका

कमला कि ह्यारिस ? राजनीति, लिङ्ग र जातिको सन्दर्भमा सन्तुलन कसरी कायम गर्ने ?

वासिङ्टन । नाममा के छ र ? कमला ह्यारिसका लागि यो आफ्नो अधिकार