गरिब मुलुकलाई ५० करोड डोज खोप दिने अमेरिकी राष्ट्रपतिको घोषणा



अमेरिकी राष्ट्रपति जो बाइडेनले एक वर्षभित्र संसारका गरिब देशलाई कोभिड–१९ विरुद्धको ५० करोड डोज खोप वितरण गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपति बाइडेनले संसारभरका निम्न तथा मध्यम आय भएका ९२ मुलुकलाई ‘फाइजर’ खोप सहयोग गर्ने घोषणा गरेका हुन्। जसमा संसारभरका निम्न तथा मध्यम आय भएका देशसँगै अफ्रिकन युनियनका सदस्य देशहरूले खोप पाउनेछन् ।

जसमध्ये २० करोड खोप सन् २०२१ को अन्त्यसम्म सहयोग गरिसक्ने जनाएका छन्। बाँकी खोप सन् २०२२ को जुन महिनासम्म सहयोग गरिने भएको छ । कोभिड–१९ महामारीसँगै सबैले मिलेर जुध्नुपर्ने राष्ट्रपति बाइडेनले बताएका छन्।

उनले यो घोषणाको प्रमुख उद्देश्य जीवन रक्षा भएको जनाएका छन् । राष्ट्रपति बाइडेनले संसारका सबै लोकतान्त्रिक देशहरूलाई पनि सुरक्षित र प्रभावकारी खोप आपूर्तिमा आफ्नो भूमिका निभाउन आग्रह गरेका छन् ।

यसअघि राष्ट्रपति बाइडेनले नेपाललगायत एसियाका देशलाई ७० लाख खोप सहयोग गर्ने घोषणा गरेका थिए। जसमा नेपालसँगै भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, अफ्गानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लावस, पपुवा न्युगिनी, ताइवान लगायत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिलिपिन्समा विद्रोही लडाकूबीच भएको विवादमा ११ जनाको मृत्यु

मनिला । दक्षिणी फिलिपिन्समा सशस्त्र विद्रोही समूहका लडाकु कमान्ड युनिटहरूबीच भएको विवाद तथा

उत्तर कोरियाले आइसिबिएम प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा तनावबारे चीनद्वारा चिन्ता व्यक्त

चीनले बिहीबार कोरियाली प्रायद्वीपको स्थितिप्रति ‘चिन्ता’ व्यक्त गरेको छ । प्योङयाङले आफ्नो आणविक

युक्रेनको खार्किभमा पुनः रूसी हमला, दुईजनाको मृत्यु, ३४ घाइते

    युक्रेनी सहर खार्किभमा भएको रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु हुनुका

कमला कि ह्यारिस ? राजनीति, लिङ्ग र जातिको सन्दर्भमा सन्तुलन कसरी कायम गर्ने ?

वासिङ्टन । नाममा के छ र ? कमला ह्यारिसका लागि यो आफ्नो अधिकार