पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु, ५० घाइते


पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् । सोमबार बिहान कराँचीबाट सरगोधा गइरहेको मिल्लत एक्सप्रेसको रेल र रावलपिण्डीबाट कराँची गइरहेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी १५/२० जना यात्रु अझै रेलमा चेपिएका प्रहरीले जनाएको छ ।