इजरायलमा १२–१६ वर्ष उमेरका बालबालिकालाई कोभिडबिरूद्ध खोप दिन सुरू



इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको छ । सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णय अनुसरण गर्दै इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो । इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि शुरु गरिएको थियो ।

पहिलो चरणमा मेडिकल स्टाफ, ६५ बर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो । त्यसबेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ र १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो । इजरायलमा शनिबारसम्ममा करीव ५४ लाख ६० हजार मानिसहरूले फाइजरको खोप लगाइसकेका छन् । यो सङ्ख्या कुल जनसंख्याको ५८.५ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

नयाँदिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । गएराति मुम्बईस्थित

पाकिस्तानमा प्रदुषणका कारण भाइरसजन्य रोगमा वृद्धि

पाकिस्तान । खराव धुवाँ अपर्याप्त सरसफाई, अस्वच्छ अवस्था र फोहोर व्यवस्थापन प्रणालीको असफलताका

इयूले युक्रेनलाई ३५ अर्ब युरो ऋण दिने

किएभ । युरोपेली सङ्घ (इयू) ले युक्रेनलाई यस वर्षको अन्त्यसम्ममा ३५ अर्ब युरो

बेकर, जम्पर र हसाबिसलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

स्वीडेन । अमेरिकी वैज्ञानिकद्वय डेभिड बेकर र जोन जम्पर तथा बेलायती डेमिस हसाबिसलाई