बुर्किना फासोमा सशस्त्र बन्दुकधारीको आक्रमणबाट कम्तिमा १३२ जनाको मृत्यु



सशस्त्र बन्दुकधारीको आक्रमणमा परी बुर्किना फासोमा कम्तीमा १३२ जनाको ज्यान गएको छ । बुर्किना फासोको उत्तरी क्षेत्रस्थित गाउँमा शनिबार राति सशस्त्र बन्दुकधारीले आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचाार एजेन्सीहरुले जनाएका छन् ।

सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनी समेत भएको बताइएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन्, तर पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन् । विशेष गरि सीमा क्षेत्रहरुमा यस्ता आक्रमण बारम्बार हुँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले घटनाले आफूलाई आक्रोशित बनाएको बताएका छन् । उनले घटनाको गम्भीर निन्दा गरेका छन् ।

बुर्किना फासोका राष्ट्रपति रोच काबोरीले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गरेका छन् । दानवी शक्ति विरुद्ध सबै एक हुनु पर्ने पनि उनले उल्लेख गरेका छन् ।

शुक्रबार राति भएको अर्को आक्रमणमा सोल्हान गाउँबाट १५० किलोमिटर उत्तरमा रहेको तादार्यात गाउँमा १४ जनाको ज्यान गएको थियो ।गएको महिना बुर्किना फासोको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ३० जनाको ज्यान गएको थियो । बुर्किना फासोमा अहिले सुरक्षा चुनौति गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा साइवर अपराधको बिगबिगी

  काठमाडौँ । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक

युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा