अमेरिकामा चिनियाँ कम्पनी प्रतिबन्ध,मोबाइल र प्रविधि विस्तारमा चीनलाई धक्का



अमेरिकाले चिनियाँ कम्पनीहरुमा अमेरिकी लगानीमाथिको प्रतिबन्धलाई बिस्तार गरेको छ । राष्ट्रपति जो बाइडेनले आफ्ना नागरिकलाई दर्जनौं चिनियाँ टेक र रक्षा कम्पनीहरुमा सैन्य सम्बन्ध र लगानी बिस्तारमा रोक लगाइएको घोषणा गरेका हुन्।

राष्ट्रपति बाइडेनले जारी गरेको नयाँ आदेशअनुसार अगस्टको सुरुवातसँगै हुवाइलगायत विभिन्न फार्महरुमा प्रभाव पर्नसक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । राष्ट्रपति बाइडेनको यो निर्णय अघिल्लो सरकारको योजनालाई निरन्तरता दिने भएको कतिपय विश्लेषकहरुले दावी गरेका छन् ।

यता चीनले भने अमेरिकाले उक्त निर्णयको आधिकारिक रुपमा घोषणा गर्नुअघि नै पुर्नविचार गर्न आग्रह गरेको थियो । नयाँ आदेशअन्र्तगत अमेरिकी लगानीकर्ताहरुलाई चीन सामान्य आणविक उर्जा नियम, चाइना मोबाइल लिमिटेड र कोस्टार समूहलगायत अन्य कम्पनीहरुको सार्वजनिक टेड सेक्युरिटी किन्न वा बेच्न प्रतिबन्ध लगाइने छ ।

यो नियम विभिन्न ३१ वटा कम्पनीमा लागू हुने बताइएको छ । प्रतिबन्धित कम्पनीहरुको सूची रक्षा मन्त्रालयले सार्वजनिक गर्ने बताइएको छ । यसैबीच हुवाइ कम्पनीले अमेरिकाले सन् २०१९ मा आफूमथि लगाएको प्रतिबन्धले आफ्नो व्यवसाय बिस्तारमा ठूलो असर परेको जनाएको थियो ।

गत जुलाइमा कम्पनीले सुरक्षा जोखिम देखाएको दावी गर्दै अमेरिकी कदमले बेलायती कम्पनीलाई आफ्नो क्षमता र प्रविधि विस्तारमा प्रभाव पार्ने जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने योजनामा छैनः पुटिन

बीबीसी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको दोस्रो ठूलो शहर खार्किभलाई तत्काल कब्जामा लिने

इजरायललाई रफाहमा संयमता अपनाउन १३ मुलुकको आग्रह

  परम्परागतरूपमा इजरायलका समर्थक मुलुकसहित १३ पश्चिमी मुलुकले इजरायललाई रफाहमा ठूलो मात्रामा आक्रमण

लाओसले मानवका लागि हानिकारक कीटनाशकको प्रयोग कम गर्ने

मानवका लागि खतरनाक विषादीको प्रयोग कम गर्न ग्लोबल इन्भायरमेन्ट फण्ड (जिइएफ) को सहयोगमा

नासाको ‘जुनो मिसन’द्वारा युरोपाको बरफको गोलाको हाई–डेफिनेसन दृश्य प्रदान

नासाको जुनो मिसनको हाई–डेफिनेसन तस्बिरहरूले युरोपाको बाहिरी बरफको गोला अनिवार्यरूपमा स्वतन्त्र तैरिरहेको सुझाव