कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको आइतबार बताइएको थियो ।
तर त्यसमा परेर कम्तीमा पनि ३२ जनाको मृत्यु भएको प्रान्तीय सरकारका अधिकारीले जानकारी दिएका छन् । उक्त पहाडमा ज्वालामुखी विस्फोट भएपछि त्यहाँ बाँच्नका लागि भाग्ने क्रममा धेरै जनाको ज्यान गएको बताइएको छ ।
कंगोका अधिकारीहरुले माउन्ट निरागोगोमा विस्फोट भएको र त्यस क्रममा उनीहरु सो क्षेत्रबाट भाग्न खोजेका थिए । यसरी भाग्ने क्रममा केही व्यक्ति दुर्घटनामा परेका थिए भने अरु केही जना सो क्षेत्रमा रहेको जेल तोडेर भाग्ने क्रममा ज्यान गएको थियो ।

प्रतिक्रिया