बंगलादेशद्वारा चिनियाँ खोप खरिद गर्ने निर्णय



बंगलादेश सरकारले चीनबाट कोभिड–१९ खोप खरिद गर्ने निर्णय गरेको छ । बंगलादेश मन्त्रिपरिषदको आर्थिक मामिला सम्बन्धी समितिले बुधबार चिनियाँ खोप खरिद सम्बन्धी निर्णय गरेको हो ।

बंगलादेशी मन्त्रिपरिषद कार्यालयका वरिष्ट अधिकारी शाहिदा अख्तरले चीनको नेसनल फर्मास्यूटिकल ग्रुप (सिनोफार्म) बाट खोप किन्न मन्त्रिपरिषदको समितिले मञ्जुरी दिएको संवाददाताहरुलाई जानकारी दिए ।

एक साता अघि चीनले सिनोफार्मको खोप बंगलादेशलाई अनुदान दिएको थियो । बंगलादेशका लागि चिनियाँ राजदूत लि जिमिङले उक्त खोप बंगलादेशका विदेश मन्त्री एके अब्दुल मोमेनलाई एक समारोहबीच हस्तान्तरण गरेका थिए ।

बंगलादेश सरकारले चीनले अनुदानमा उपलब्ध गराएको सिनोफार्मको खोप अर्को सातादेखि लगाउन थाल्ने घोषणा यसअघि नै गरिसकेको छ । भारतको सेरम इन्स्टिच्यूटसँग खरिद सम्झौता गरिएको कोभिसिल्ड खोप भारत सरकारले रोकेपछि बंगलादेशको खोप अभियान गत अप्रिल २६ देखि नै स्थगित भएको छ ।

सेरमको विकल्पमा बंगलादेशी अधिकारीहरुले चिनियाँ खोप उत्पादक सिनोफार्मसँग खोप खरिद गर्ने निर्णय गरेका हुन् । बंगलादेशमा गत जनवरी २८ देखि खोप अभियान शुरु भएको थियो ।

हालसम्म बंगलादेशका ५८ लाख २० हजार व्यक्तिले पहिलो डोज खोप लगाइसकेका छन् । बंगलादेशमा हालसम्म सात लाख ८३ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका र त्यसमध्ये १२ हजार २४८ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या

युद्धविरामलाई लिएर हमासले ‘सोचविचार’ गर्नुपर्दैनः ब्लिङ्केन

  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजराइलसँगको युद्धविराम सम्झौतालाई स्वीकार गर्न हमासले कुनै ‘सोचविचार’

आर्थिक स्वतन्त्रताका लागि अफगानी महिलाहरू व्यवसायमा संलग्न

  अफगान महिलाहरू घरायसी भूमिकामा सीमित छन् भन्ने प्रचलित अवधारणाबीच आर्थिक स्वतन्त्रताका लागि

भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित

भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई