अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कर विवरण सार्वजनिक



अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन राष्ट्रपति बाइडेनले पुनः शुरू गरेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आय विवरण र करसम्बन्धी जानकारी सार्वजनिक गर्न नमानेपछि तोडिएको अमेरिकी यो परम्परालाई तोडेको भन्दै अमेरिकामा ट्रम्पका आलोचकहरूले उनको विरोध गरेका थिए ।

राष्ट्रपति बाइडेनले गत वर्षको डेढ लाख अमेरिकी डलर आयकर तिर्दै करसम्बन्धी परम्परालाई ब्यूँताएका हुन् । गतवर्षको सार्वजनिक गरिएको आयकरमा राष्ट्रपति बाइडेन र प्रथम महिला डा. जिल बाइडेनले ६ लाख सात हजार ३३६ डलर आय गरेको र यस बापत उनहरूले एक लाख ५७ हजार ४१४ डलर कर तिरेको जनाइएको छ ।

बाइडेनको आयको स्रोत भने अधिकांश रुपमा भाषण, पुस्तक बिक्री र उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूमा रहेको पदबाट प्राप्त भएको पनि जनाइएको छ । सन् २०१९ मा भने उनीहरुको आय ९ लाख ८५ हजार २२३ रहेको पनि विवरणमा उल्लेख छ ।

त्यसैगरी उपराष्ट्रपति कमला ह्यारिस र उनका पति डग एमहोफको पनि आफ्नो आयकर चुक्ता गरेका छन् । सन् २०२० मा १६ लाख ९५ हजार २२५ डलर आय भएको र त्यसबापत छ लाख २१ हजार ८९३ डलर कर तिरेको विवरणमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सी र पुटिनद्वारा अराजक संसारमा सम्बन्धलाई ‘स्थिरता दिने’ शक्तिका रूपमा प्रशंसा

  नेताहरू सी जिनपिङ र भ्लादिमिर पुटिनले बिहीबार बेइजिङमा भएको भेटमा अराजक संसारमा

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत

  एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार भारतको सिक्किममा विद्युत् वितरण प्रणालीलाई बढावा

सुडानमा खाद्यसङ्कट हुने राष्टसंघको चेतावनी

  संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) का वरिष्ठ अधिकारीले सुडानका युद्धग्रस्त क्षेत्रहरूमा

स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी

  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण