बङ्गलादेशमा मे २३ सम्म लकडाउन



बङ्गलादेश तथा छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको वर्तमान महामारी नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) लाई मे २३ सम्म विस्तार गरेको छ । बंगलादेशको मन्त्रीपरिषद् कार्यालयले परिपत्र गर्दै पछिल्लो निर्णय घोषणा गरेको हो ।

दोस्रो लहरको कोभिड–१९ विरूद्ध लड्न बङ्गलादेशले पहिलो पटक अप्रिल १४ देखि अप्रिल २१ सम्म बन्दाबन्दी घोषणा गरेको थियो । आठ दिनको बन्दाबन्दीलाई विभिन्न चरण गरी मे १६ अर्थात् आइतबारसम्म विस्तार गरिएको थियो । पछिल्लो परिपत्र अनुसार राजस्व संकलनसम्बन्धी कार्यालय र संस्थालाई लकडाउनको दायरामा राखिएको छैन ।

यस अवधिमा होटल र रेष्टुरेन्टहरूले उक्त अवधिमा आफ्ना सेवालाई ग्राहकसम्म पुर्याउन वा अनलाइन सेवाहरू प्रदान गर्न पाउने छन् । मार्चदेखि फैलिएको कोभिड–को दोस्रो लहरका कारण सङ्क्रमण दरमा थप वृद्धि देखिएपछि शनिबार रातिदेखि बङ्गलादेशले सबै माध्यमिक र उच्च माध्यमिक शिक्षा संस्थानहरू बन्द गर्ने निर्णय गरेको छ ।

देशको स्वास्थ्य सेवा महानिर्देशालयका अनुसार कोभिडका कारण पछिल्लो २४ घण्टामा ३६३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने २५ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बङ्गलादेशमा १२ हजार १४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमित सङ्ख्या सात लाख ८० हजारभन्दा बढी पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती

सन् २०२१ को काबुल आक्रमण रोक्न सकिने अवस्था नभएको अमेरिकी भनाई

सन् २०२१ मा काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जना अमेरिकी सैनिकसहित

बाढीका कारण तान्जानियामा ५८ जनाको मृत्यु

पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण

पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको