इटलीको भेसुभिअस पर्वतमा दुई हजार वर्ष पुरानो अस्तिपञ्जर फेला



इटलीका पुरातत्वविदहरुले भेसुभिअस पर्वतमा झन्डै दुई हजार वर्षअघि भएको ज्वालामुखी विस्फोटनका कारण मृत्यु भएका एक व्यक्ति उद्धारकर्ता भएको बताएका छन् । उक्त स्थानमा फेला परेको अस्थिपञ्जर यसअघि कुनै सैनिकको भएको अनुमान गरिएको थियो । सन् १९८० को दशकमा हर्कुलेनिअममा उनको सहित झन्डै ३०० जनाको अस्थिपञ्जर भेटिएको थियो ।

अहिले ती व्यक्ति इतिहासकार तथा जलसेनाका कमान्डर प्लिनी द एल्डरले परिचालन गरेको उद्धार टोलीमा संलग्न एक वरिष्ठ सैन्य अधिकृत भएको विश्वास गरिएको छ । उक्त ज्वालामुखी विस्फोटनका कारण हर्कुलेनिअ र नजिकैको पोम्पेई सहर प्रभावित भएका थिए । सन् ७८ मा कम्तीमा ८० किलोमिटर प्रतिघण्टाको वेगमा आएर लाभा, माटो र ग्यासले हर्कुलेनिअमलाई पुरेका थिए।

भवन र मानिसलाई लाभाले ढाकिदिएको थियो । पोम्पेईबाट उत्तरतिर एउटा बलौटे स्थानमा चार दशकअघि घोप्टो परेको अवस्थामा मानव अवशेषहरू फेला परे । उक्त अस्थिपञ्जरसँगै औजारहरू भएको झोला पनि भेटिएको थियो ।

तीमध्ये २६ नम्बर सङ्केत दिइएको अस्थिपञ्जर ४० देखि ४५ वर्षका व्यक्ति भएको बताइन्छ र उनको स्वास्थ्य राम्रो भएको ठानिएको छ। उनलाई ज्वालामुखीको वेगले भुइँमा बजारेको ठानिएको छ । नजिकै एउटा डुङ्गा फेला परेको थियो र तटमा फेला परेका ३०० वटा अस्थिपञ्जर उद्धारको प्रतीक्षामा बसेका व्यक्तिको ठानिएको छ ।

हर्कुलेनिअमको पुरातात्त्विक क्षेत्रका निर्देशक फ्रान्सेस्को सिरानोले २६ नम्बरको अस्थिपञ्जर भएका व्यक्तिले उद्धारकार्यमा सुरुमा सोचिएकोभन्दा महत्त्वपूर्ण भूमिका खेलेको हुन सक्ने बताए ।

सिरानोले एएनएसए समाचार संस्थासँग भने, “उनी प्लिनी द एल्डरले बे अफ नेपल्सको उक्त क्षेत्रमा पर्ने नगर र आवासीय क्षेत्रमा मानिसहरूको उद्धारका लागि परिचालन गरेको जलसेनाको उद्धार टोलीका सदस्य हुन सक्छन्।”

उनका अनुसार ती व्यक्तिको साथमा १२ वटा चाँदीका सिक्का र दुईवटा सुनका असर्फी भेटिएको थियो जुन प्रीटोरियन गार्ड भनिने विशेष सैन्य टोलीका सदस्यको एक महिनाको तलबजति हो ।

सुन र चाँदीले सिँगारिएको पेटी र हस्तिहाडको बिँड भएको तरबारले उनी केवल सामान्य सैनिक नभएको सङ्केत गर्छन् । जलसेनाअन्तर्गत डुङ्गा बनाउने दक्षता भएका सिकर्मीले प्रयोग गर्ने खालका औजार पनि उनको झोलामा भेटिएको जनाइएको छ ।

पिन्ली द एल्डर रोमन जलसैनिक कमान्डर थिए जसलाई हर्कुलेनिअमभन्दा माथिको मिसेनम भन्ने बन्दरगाहमा तैनाथ गरिएको थियो । प्राकृतिक इतिहाससम्बन्धी आफ्ना लेखनका कारण उनी चिनिने गर्छन् ।

भेसुभिअस ज्वालामुखी विस्फोटनमा उनको मृत्यु भएको अभिलेख उनका भतिजा पिन्ली द जुनिअरले इतिहासकार टासिटसलाई लेखेको दुईवटा पत्रमा उल्लेख गरेका छन् । उक्त पत्रको अंशमा डुङ्गा तटतर्फ आउँदै गर्दा खरानी अझ तातो र कालो भएको र त्यसको पछिपछि ज्वालामुखीको चट्टान, बलेको डुङ्गा र आगो देखिएको उल्लेख गरिएको छ ।

आफ्ना काकाले जहाजका कप्तानको सुझावअनुसार पछि फर्किने कि नफर्किने भनेर केही समय विचार गरे पनि अघि बढ्ने निर्णय लिएको उनले उल्लेख गरेका छन् । उक्त क्षेत्रमा उत्खननको कार्य केही हप्तामा पुनः थालिने अपेक्षा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो

बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका