प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवा दिन सके कोरोनाभाइरस विरुद्धको लडाईं प्रभावकारी हुन्छः मोदी



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गरेका छन् । “मन की बात” नामक रेडियो कार्यक्रमको ७६औँ शृङ्खलामा मोदीले स्वास्थ्यकर्मीहरुले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोनाभाइरस विरुद्धको लडाईं प्रभावकारी हुने बताएका हुन् ।

प्रविधिको प्रयोग गरेर विशेषगरी कोरोनाभाइरस सम्बन्धी सल्लाह दिने, सेवा सुविधाका बारेमा बताउने, सचेतना जगाउने लगायतका कार्य गर्नु उपयुक्त हुने उनको भनाई थियो ।

“स्वास्थ्यकर्मीहरु नै कोरोनाभाइरस विरुद्धको अग्रपंक्तिका लडाका हुन्, उनीहरुले नै यसमा धेरै खट्नु र सहयोग गर्नु पर्दछ,” उनले भनेका छन् ।

स्वास्थ्यकर्मीहरुका विभिन्न अनुभव अहिले सबैका लागि उपयोगी हुने प्रधानमन्त्री मोदीले बताएका छन् । विज्ञको सुझाव, सल्लाह यतिबेला अति महत्वपूर्ण हुने भएकाले उहाँहरुले प्रविधि मार्फत आफ्नो ज्ञान बाँडिरहनु पर्नेमा उनले जोड दिए ।

कोरोनाभाइरसबाट धेरै प्रभावित भएको भारतमा अहिले दैनिक झण्डै साढे तीन लाख मानिस सङ्क्रमित हुने गरेका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४९ हजार ६९१ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी सोही अवधिमा भारतभरी गरेर कुल दुई हजार ७६७ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र हमासबीच छिट्टै युद्धविराम हुनेमा इजिप्ट आशावादी

इजिप्टका विदेशमन्त्रीले गाजामा युद्धविरामका लागि नयाँ प्रस्ताव आउनेमा आफू ’आशावादी’ रहेको बताएका छन्

गर्मीका कारण बङ्गलादेशमा विद्यालय पुनः बन्द

बङ्गलादेशको एक अदालतले गर्मीका कारण देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि

नैरोबीको उत्तरमा रहेको एउटा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु

शाही अपमानका कारण थाई कार्यकर्तालाई थप दुई वर्षको कारागार सजाय

  थाइल्यान्डको एक अदालतले सोमबार मुलुकका प्रमुख प्रजातन्त्र कार्यकर्तामध्येका एकलाई शाही अपमानको आरोपमा