अष्ट्रेलियाद्वारा कोभिडका कारण भारतबाट हुने उडान कटौती



अष्ट्रेलियाले भारतमा कोभिड–१९ सङ्क्रमणका घटनाहरूको बढ्दो सङ्ख्याप्रति प्रतिक्रिया जनाउँदै भारतबाट आउने उडानहरू अस्थायी रूपमा कम गर्ने भएको छ ।

बिहीबार प्रधानमन्त्री स्कट मोरिसन र राज्य र क्षेत्र नेतासहितको राष्ट्रिय क्याबिनेट बैठकले भारतबाट उडानको मात्रालाई ३० प्रतिशत कम गर्ने निर्णय लिएको हो ।

भारतजस्ता उच्च जोखिम भएका देशहरूका यात्रीहरूले उडान गर्नुभन्दा ७२ घण्टा पहिले आफूलाई कोभिड–१९ सङ्क्रमण नदेखिएको पुष्टि हुने स्वास्थ्य प्रमाणपत्र देखाएर मात्र अष्ट्रेलिया आउन पाउने व्यवस्था गरेको हो ।

बैठकपछि प्रधानमन्त्री मोरिसनले पत्रकारसँग भने, “हामी जोखिममा रहेका अष्ट्रेलियामा जाने प्रस्थानका विकल्पलाई पनि थप सीमित गर्नेछौं ।” उनले भने, “सबै प्रावधान कोभिडलाई मध्यनजर गरी राखिएकोले महामारीको प्रभाव कम हुँदासाथ पहिलेको अवस्थामा आउनेछ ।”

अष्ट्रेलियाको यो निर्णय भारतमा बुधबार र बिहीबारको २४ घण्टाभित्र कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन लाख १४ हजार कटेपछि आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र भारतले पृथ्वी–अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने

लस एन्जलस । नासा र भारतीय अन्तरिक्ष अनुसन्धान संगठठन (इसरो) ले आगामी मार्च

जापानमा आगलागीमा परी आठ जनाको मृत्यु

टोकियो । जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको छ। टोकियोको दक्षिणी भागमा

पाकिस्तानमा आतंकवादी आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद  । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतङ्कवादी आक्रमणमा १६

श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

कोलम्बो । श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले