भारतमा कोरोना संक्रमणले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । तीव्र रूपमा संक्रमित थपिने क्रममा भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ७५ हजार तीन सय जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ५० लाख ५७ हजार पुगेको छ ।
त्यस्तै सोही अवधिमा एक हजार ६२५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म मृत्यु हुनेको संख्या १ लाख ७८ हजार ७९३ पुगेको छ । यसरी भारतमा आज थपिएका संक्रमित र मृत्युको संख्यामा विश्वकै सबैभन्दा धेरै हो । यसअघि भारतमा अघिल्लो दिन २ लाख ६० हजार ७७८ जना संक्रमित थपिँदा १ हजार ५०० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया