संक्रमण नियन्त्रणका लागि भारतको महाराष्ट्रमा .१५ दिन कर्फ्यु लगाइने


कोरोना महामारीको हटस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि कोरोना कर्फ्यु लागु गरिने भएको छ । मराराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले आजबाट लागु हुनेगरी १५ दिनका लागि कोरोना कर्फ्यु लगाउने जानकारी दिए।

महाराष्ट्रमा दैनिक १५ हजार भन्दा बढी कोराना संक्रमित थपिएपछि कर्फ्यु जारी गर्न बाध्य भएको मुख्यमन्त्री ठाकरेको भनाइ छ । कोरोना कर्फ्यु अन्तर्गत राति ८ बजेदेखि बिहान ६ बजेसम्म सम्पूर्ण व्यापार व्यवसाय र भीडभाडयुक्त क्षेत्र बन्द रहने छ ।

साथै महाराष्ट्रका सम्पूर्ण शैक्षिक संस्थाहरु १५ दिनका लागि बन्द रहनेछन् । भारतमा कोरोनाभाइरस संक्रमणको आँकडा तीब्र रुपमा बढिरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा पहिलो पटक १ लाख ८५ हजार १ सय बढी नयाँ संक्रमित भेटिएका छन् । यसअघि ११ अप्रिलमा सर्वाधिक १.६९ लाख नयाँ बिरामी भेटिएका थिए । १२ अप्रिलमा पनि पोजेटिभ बिरामीको आँकडा १।लाख ६० लाख पार भएको थियो ।