भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४४ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा एक लाख ४४ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमणबाट थप ७७३ जनाको मृत्यु भएको छ ।
मानिसहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेका कारण संक्रमण दर ह्वात्तै बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यस्तै‚ ब्राजिलमा एकै दिन झण्डै ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
अमेरिकामा ८२ हजार ७०० जनामा संक्रमण पुष्टि भएको छ भने टर्कीमा ५५ हजार, फ्रान्समा ४१ हजार, पोल्याण्डमा २८ हजार र अर्जेन्टिनामा २४ हजार मानिसमा संक्रमण पुष्टि भएको छ । विश्वभर पछिल्लो २४ घण्टामा मात्रै ७ लाख ७१ हजार संक्रमित थपिएका छन् ।

प्रतिक्रिया