उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्रेटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार आक्रमण गरेको बताइएको छ ।
आक्रमणमा परी कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको जनाइएको छ । बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको छ । त्यसमा परी चार जना विद्रोही पनि मारिएका छन् ।
ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा मारिएका हुन् । सो क्षेत्रबाट अरु कम्तीमा पनि ५० जना गाउँले हराएका छन् । उनीहरुलाई ती विद्रोहीहरुले अपहरण गरेर लगेका सैनिक स्रोतले जनाएको छ । हत्याको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया