ताइवानमा रेल दुर्घटना हुँदा ३६ जनाको मृत्यु


पूर्वी ताइवानमा रेल दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७२ भन्दा बढी घाइते भएका छन् । शुक्रवार बिहान ३५० भन्दा बढी यात्रु सवार रेल ताइपेइ क्षेत्रबाट ताइतुङ क्षेत्रतिर लागेको थियो । ताइवानको रेल विभागले घटनाबारे विस्तृत अनुसन्धान बाँकी नै रहेको जनाएको छ ।