फ्रान्समा चार हप्ताका लागि लकडाउन


कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन गरिएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् ।

टेलिभिजन सम्बोधनमा राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने बताए । त्यस्तै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले बताए । मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ ।

संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइएको छ । शुक्रबार पर्ने महान पर्व इस्टर मनाउनका लागि भने मानिसहरुलाई छुट दिइएको छ । राष्ट्रपति म्याक्रोले आगामी हप्तादेखि विद्यालयहरु पनि कम्तिमा तीन हप्ताका लागि बन्द हुने बताएको बीबीसीले जनाएको छ । राष्ट्रपति म्याक्रोले कोरोना संक्रमण बढ्दो क्रममा भएपनि यसलाई रोक्न अप्ठ्यारो नभएको बताएका छन् ।