सैनिक कारबाहीमा म्यान्मारमा दर्जनौं नागरिकको मृत्यु


म्यान्मारमा सुरक्षाकर्मीको कारवाहीमा परी एकै दिनमा कम्तिमा एक सय जना प्रदर्शनकारीको मृत्यु भएको छ । गत फेब्रुअरी १ मा सैनिक कु भएयताकै सबैभन्दा घातक दिन शनिबार भएको सैनिक कारवाहीलाई हेरिएको छ ।

मारिनेमा घरमै बसेका बालबालिका समेत रहेका छन् । सैनिकले चरा मारे जसरी नागरिकहरुको हत्या गरेको दृष्य सार्वजनिक भएका छन् । सैनिक शासकको ज्यादति बढेपछि नागरिकहरु अन्तिम समयसम्म प्रदर्शन गर्ने मनस्थितिमा पुगेका छन् ।

म्यान्मारमा सैनिक कु शुरुभए यता मात्रै ४ सयभन्दा बढी सर्वसाधारण मारिएका छन् । म्यान्मारमा बढ्दो हिंसा प्रति बेलायत, अमेरिका र युरोपेली संघले चिन्ता व्यक्त गरेका छन् ।