सी जिन्पिङको शरीरमा ’लोकतान्त्रिक हड्डी’ छैन


अमेरिकी राष्ट्रपति जो बाइडनले चीनसँग संघर्ष गर्ने आफ्नो कुनै उद्देश्य नरहेको बताएका छन् । ह्वाइट हाउसको उनको पहिलो पत्रकार सम्मेलनमा बाइडनले राष्ट्रपति सी जिन्पिङको भने आलोचना गरे ।

उनले चिनियाँ नेताबारे आफूलाई उपराष्ट्रपति भएकै बेला थाहा भएको बताए । बाइडनले भने, ‘सी जिन्पिङको शरीरमा ’लोकतान्त्रिक हड्डी’ छैन। तर उनी एकजना चलाख मानिस हुन्।’ बाइडनले चीन संसारकै सबैभन्दा शक्तिशाली र सबैभन्दा धनी देश बन्न चाहेको तर त्यसो हुन अमेरिकाले नदिने बताए ।

अफगानिस्तानबारे बोल्दै उनले अमेरिकी सेनालाई फिर्ता गर्न मे महिनाको एक तारिखको समयासीमाभित्र नसकिए पनि धेरै समय अमेरिकी सेना त्यहाँ नरहने बताए । उनले भने, ‘हामी अफगानिस्तान छोडिदिन्छौं। प्रश्न कहिले छोड्छौं भन्ने हो। मे एक तारिखको समयसीमाभित्र हामीले फिर्ता नगर्न सक्छौँ तर हामी धेरै समयसम्म त्यहाँ रहँदैनौं।’