ज्याक डोर्सीको पहिलो ट्वीट २९ लाख डलरमा विक्री


ट्विटरका संस्थापक ज्याक डोर्सीको पहिलो ट्वीट २९ लाख अमेरिकी डलरमा एक मलेशियाली व्यापारीले किनेका छन् । ‘जस्ट सेटिङ अप माई ट्विटर’ लेखिएको सो ट्वीट सन् २००६ मार्च २१ मा लेखिएको थियो।

सो ट्वीट डोर्सीले परोपकारी कार्यका लागि बेचेका हुन् । मलेशियाका सिना इस्टाभीले आफूले ट्वीट किन्नुलाई ’मोनालिसा’ चित्रकला किने जस्तो भनेका छन् । सो ट्वीट बिटक्वाइनको प्रतिस्पर्धी इथर क्रिप्टोकरेन्सीमार्फत् सोमबार किनिएको हो ।

ट्वीट किनिसकेपछि इस्टाभीले एनएफटी टोकन पाएका छन् जसले कुनै पनि डिजिटल कुरा कसको हो भन्ने विवरण राख्छ । डोर्सीले सो रकम अफ्रिकाका लागि परोपकारी काममा दान गर्ने बताएका छन् ।