भारी वर्षापछि आएको बाढीले अष्ट्रेलियामा जनजीवन प्रभावित


अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ । सप्ताहन्तमा आएको बाढीलाई अधिकारीहरुले ५० वर्षयताकै ठूलो बाढी बताएका छन् । बाढीका कारण सिड्नीका सयौँ घरमा क्षति पुगेको र हजारौँ मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

सिड्नीको उत्तर–पश्चिमी क्षेत्रमा बसोबास गर्ने मानिसलाई मध्यरातमा घर छाड्न आदेश दिइएको थियो । अझै थप चार हजार मानिसलाई त्यहाँबाट स्थानान्तरण गर्नुपर्ने जनाइएको छ ।

तीव्र गतिमा आएको बाढीले घर र रुख बगाउनुका साथै अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको छ । बाढीपछि त्यहाँका मुख्य राजमार्गहरु बन्द गरिएको थियो भने सोमबारका लागि शैक्षिक संस्थाहरु बन्द रहने जनाइएको छ । आज आइतबार दिनभर नै वर्षा हुनसक्ने जनाउँदै मौसविद्हरुले केही क्षेत्रमा २०० मिलिलिटरसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरेका छन् ।