कोभिडविरुद्धको खोप लगाउन ट्रम्पको आग्रह
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई कोभिड खोप लिन आग्रह गरेका छन् । एक टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले खोप सुरक्षित र काम गर्ने रहेको बताएका छन् । ट्रम्पको समर्थक समूह कोभिड खोप नलगाउने ठूलो समूहमा पर्छ ।
आफ्नो राष्ट्रपतीय कार्यकालमा कोभिड महामारीलाई बेवास्ता गरेको भन्दै ट्रम्पको आलोचना हुने गरेको छ । अमेरिकामा खोप कार्यक्रम सुरु भएपछि अरू सबै पूर्वराष्ट्रपतिले खोप लिन आग्रह गर्दै बोलेका थिए तर ट्रम्प यसअघि चुप थिए । जनवरीमै ट्रम्प र उनकी श्रीमती मेलाइनालाई ह्वाइट हाउसभित्रै खोप दिइएको थियो । ‘यो सिफारिस गर्छु,’ फक्स न्यूजलाई मङ्गलवार दिएको अन्तर्वार्तामा ट्रम्पले भने ।