रोचले अमेरिकी कम्पनी जेनमार्क डाइग्नोस्टिक खरिद गर्ने



स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करोड डलरमा खरिद गर्न लागेको जनाएको छ । क्यालिफोर्नियामा मुख्यालय रहेको जेनमार्कले खासगरी मोलिकुलर परीक्षण गर्ने गर्दछ ।

कम्पनी खरिद गरेपश्चात रोचले एउटा नमुनाबाटै धेरै किसिमका परीक्षणहरु गर्न सक्नेछ । रोचले सार्वजनिक गरेको विज्ञप्ति अनुसार जेनमार्कको प्रतिशेयर २४.०५ डलर मूल्य तोकिएको छ । रोचले जेनमार्क डाइग्नोस्टिकको खरिदपछि कम्पनीको मोलिकुलर परीक्षणका क्षेत्रमा नयाँ आयाम थपिने जनाएको छ । नियामक निकायबाट स्वीकृत भएमा खरिद प्रक्रिया चालु वर्षको दोस्रो त्रैमासिकमा सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका

ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

वासिङ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका

इन्डोनेसियाको हरित ऊर्जाका लागि एडीबीको वित्तिय समर्थन

मनिला । एसियाली विकास बैङ्क (एडीबी) ले इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न