आङ सान सूकीमाथि पैसा र सुन लिएको सेनाको आरोप



म्यान्मारका सैन्य शासकहरूले नेतृ आङ सान सूकीले गैरकानुनी रूपमा ६ लाख डलर र सुन स्वीकार गरेको आरोप लगाएका छन् । फेब्रुअरी १ मा सैनिक कू गरेर सूकी र म्यान्मारको प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित नेतृत्वलाई अपदस्थ गरेपछि सूकीमाथि लगाइएको सबैभन्दा गम्भीर आरोप हो । आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने सेनाले दिएको छैन। सेनाले सूकीलाई अज्ञात स्थानमा राखेको छ ।

उनीमाथि रेडियो उपकरण राखेको, कोभिड नियन्त्रणका लगाइएका प्रतिबन्धात्मक नियमहरू भङ्ग गरेको तथा नागरिकमा डरत्रास फैलाइएको आरोप पनि लगाइएको छ ।

सूकीले गैरकानुनी रूपमा ग्रहण गरेको भनिएको सुनको मूल्य लगभग साढे चार लाख पाउन्ड छ । म्यान्मारमा कूको विरोधमा प्रदर्शन जारी छ र बिहीवार कम्तीमा सात जना मारिएपछि मृतकको कुल सङ्ख्या ६० नाघेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तान्जानियामा घातक मारबर्ग भाइरसको शङ्कास्पद प्रकोपका

ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह

वासिङ । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका

इन्डोनेसियाको हरित ऊर्जाका लागि एडीबीको वित्तिय समर्थन

मनिला । एसियाली विकास बैङ्क (एडीबी) ले इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न