कोभिड खोप उत्पादनको नियम खुकुलो बनाउने अफ्रिका र भारतको प्रस्ताव विफल



कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग जुझ्न कोभिड खोप र सम्बन्धित मेडिकल सामग्री उत्पादनको विशेष अधिकारका नियम खुकुलो पार्न दक्षिण अफ्रिका र भारतले गरेको प्रस्तावमा सहमति जुटाउन विश्व व्यापार सङ्गठन असफल भएको छ ।

विकासोन्मुख देशहरूलाई आवश्यक खोप आफैँ उत्पादन गर्न सहज बनाउनेगरी अनुमति दिने सो प्रस्तावको उद्देश्य थियो । कुनै आविष्कारकले आफ्नो लगानीबाट प्रतिफल लिन सकून् भन्ने उद्देश्यले डब्ल्यूटीओका नियमानुसार सदस्य राष्ट्रहरूले उत्पादकका प्याटेन्ट तथा अन्य अधिकार सुरक्षित राख्नुपर्छ ।

महामारीको समयमा त्यस्तो नियम खुकुलो बनाउनुपर्ने प्रस्तावलाई ब्रजिलसहित कैयौँ धनी देशहरूले अस्वीकार गरेका थिए । डब्ल्यूटीओकी नयाँ महानिर्देशक नगोजी ओकोन्जो इवेलाले हालकै नियमको परिधिमा रहेर प्रविधि हस्तान्तरणको विकल्पमा जानसकिने सुझाव दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टर्कीको होटलमा आगलागी हुँदा १० जनाको मृत्यु

इस्तानबुल । टर्कीको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट कम्तीमा १०

चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

बेइजिङ । चीनले सन् २०२४ मा एक करोड २५ लाख नयाँ सहरी रोजगारी

भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित १४ माओवादीको मृत्यु

भारत । भारतीय सुरक्षा बलले एकजना शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीलाई

सी र पुटिनबीच भिडियो वार्ता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भिडियो वार्ता