पश्चिम बंगालकी मुख्यमन्त्री बनर्जीमाथि आक्रमण


भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण भएको छ । आगामी विधानसभा चुनावका लागि नन्दीग्राममा नाम दर्ता गरेर फर्किँदै गर्दा आफूमाथि आक्रमण भएको उनले बताएकी छन् । सुरक्षागार्ड नभएको समयमा ४–५ जनाले आक्रमण गरेका बनर्जीले बताइन् ।

उनले आफू मन्दिरबाट फर्किएर कारमा जाँदै गरेको समयमा ४–५ जनाले धक्का दिएको र आफूलाई चोट लागेको बताइन्। उनले आफूमाथि षड्यन्त्रपूर्वक आक्रमण भएको बताइन्।

चोटका कारण स्वासप्रश्वासमा समेत समस्या भएको र ४८ घण्टा आरामको खाँचो रहेको चिकित्सकले बताएका छन्। पश्चिम बंगालमा आगामी २७ मार्चमा विधानसभा चुनाव हुँदैछ।