दुई महिनापछि फेरि खुले इङ्ग्ल्यान्डमा विद्यालय



इङ्ग्ल्यान्डका लाखौँ विद्यार्थी दुई महिनाभन्दा लामो लकडाउनपछि सोमबारदेखि विद्यालय जान थालेका छन् । यो साता त्यहाँका धेरै माध्यमिक विद्यालयहरू बिस्तारै खुल्दै जाने बताइएको छ। विद्यार्थीहरूले कोभिड परीक्षण गर्नुपर्ने र कक्षामा मास्क लगाउनुपर्ने नियम बनाइएको छ । अधिकांश प्राथमिक विद्यालयहरू पनि खुलेका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले यसलाई ‘सामान्य भएको सोच’तर्फ जान महत्वपूर्ण कदम भएको बताएका छन् । कोरोनाभाइरसको महामारी सुरु भएयता इङ्ग्ल्यान्डमा यसरी विद्यालय खोलिएको यो चौथो पटक हो ।

शिक्षामन्त्री गेभिन विलियम्सनका अनुसार छुटेका पाठ पूरा गर्न सरकारले विद्यालय समय लम्ब्याउने र बिदा कम गर्ने जस्ता अन्य उपायबारे विचार गरिरहेको बताएका छन् । माध्यमिक विद्यालयहरूमा नियमित कोभिड परीक्षण गरिने र विद्यार्थीहरूले तीन पटक परीक्षण गरेपछि घरमै परीक्षण गर्ने व्यवस्था गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा

डुङ्गा दुर्घटना हुँदा १६ आप्रवासीको मृत्यु, २८ बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम