चीनले हङ्कङको निर्वाचन प्रणाली नै परिवर्तन गर्ने
चीनले आफ्नो सबैभन्दा ठूलो राजनीतिक बैठकमा देशभक्तहरू लागि शक्तिमा ल्याउन हङ्कङको निर्वाचन प्रणालीलाई परिवर्तन गर्ने घोषणा गरेको छ । यो घोषणा हङ्कङमा चिनियाँ नियन्त्रण कसिलो बन्दै गइरहेको समयमा गरिएको छ ।
एक साता लामो नेशनल पिपल्स कंग्रेसमा यससम्बन्धी एउटा मस्यौदा निर्णयमा छलफल हुनेछ । बैठकमा हजारौँ नीति निर्माता सांसदहरू सहभागी छन् । केन्द्र सरकारका नीतिहरूलाई पारित गर्ने सो बैठकले हङ्कङ विषयको निर्णय लगायत अन्य आर्थिक र वातावरणीय नीतिहरू पारित गर्ने अपेक्षा गरिएको छ।