विश्वमा नौ करोड दुई लाख भन्दाबढी मानिस कोरोना संक्रमणमुक्त



विश्वमा नौ करोड दुई लाख ४२ हजार ३३ जना कोरोना भाइरसका संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ११ करोड ४६ लाख ८६ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण भएको छ ।

संक्रमितमध्ये २५ लाख ४३ हजार २ सय ६५ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड १९ लाख भन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म दुई करोड ९२ लाख ५५ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ९६ लाख ९४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने पाँच लाख २५ हजार सात सय ७६ जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, छिमेकी मुलुक भारतमा हालसम्म एक करोड ११ लाख १२ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड सात लाख ८४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५७ हजार एक सय ९५ जना पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा