हाइटीको जेलबाट दुई सय कैदी फरार



हाइटीमा जेलबाट शुक्रबार दुई सय भन्दा बढी कैदी भागेका छन् । भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेका सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले जानकारी दिएका छन् । जेलमा झण्डै ४०० कैदी रहेका थिए ।

“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने । राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको उनले जानकारी दिए । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेका उनले बताए ।

झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन् । उनीहरुलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए । जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उनको भनाई छ । मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ पनि रहेका छन् ।

उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरुले जनाएका छन् । हाइटीमा जेल तोडफोड भएका र कैदीहरु भाग्ने तथा उनीहरुको मृत्यु भएका घटना बेला बेलामा हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत