पत्रकार खसोग्जीको हत्या साउदी युवराजको स्वीकृतिमा भएको अमेरिकी दाबी



अमेरिकी गुप्तचर निकायको रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको सन् २०१८ मा भएको हत्याको स्वीकृति दिएको पाएको जनाएको छ । बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा युवराजले खसोग्जीलाई पक्राउ गर्न अथवा हत्या गर्ने योजनालाई स्वीकृति दिएको उल्लेख छ ।

अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन । साउदी अरेबियाले उक्त रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई नकारात्मक, झुटो र अस्वीकार्य बताएको छ । साउदीमा प्रमुख नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले खसोग्जी हत्यामा उनको कुनै पनि भूमिका रहेको भन्ने अस्वीकार गरेका छन् ।

खसोग्जी इस्तानबुलमा रहेको कन्सुलेट भ्रमण गर्दा टर्कीमा मारिएका थिए र उनको शरीर टुक्रा टुक्रा पारिएको थियो । ५९ वर्षीय पत्रकार खसोग्जी कुनैबेला साउदी सरकारका सल्लाहकार थिए र राज परिवारसँग निकट थिए। तर पछि उनी टाढिए र स्व–निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका थिए ।

त्यहीँ उनले वाशिङ्टन पोष्टका लागि मासिक स्तम्भ लेख्थे जसमा उनले युवराज मोहम्मदको नीतिहरूको आलोचना गर्ने गर्थे । अमेरिकी गुप्तचर निकायको निर्देशकको कार्यालयले तयार पारेको रिपोर्टमा भनिएको छ, ‘साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले इस्तानबुलमा साउदी पत्रकारलाई पक्राउ गर्न या हत्या गर्ने योजना अनुमोदन गरेका थिए भन्ने हाम्रो ठम्याइ छ।’

युवराज साउदी राजा सलमान बिन अब्दुलअजिज अल साउदका छोरा हुन् र उनलाई देशको प्रभावशाली शासकका रूपमा लिइन्छ । गुप्तचर रिपोर्टले उक्त कारबाही साउदी युवराजले गराएका थिए भन्ने निष्कर्षमा पुग्न तीनवटा कारण देखाएको छ ।

सन् २०१७ देखि साउदीमा निर्णय प्रक्रियामा उनको पकड, हत्यामा उनका एकजना सल्लाहकार र उनका अङ्गरक्षकहरूको प्रत्यक्ष संलग्नता र उनको विदेशमा भागेकाहरूलाई हिंसात्मक उपाय अपनाएर पनि चुप बस्न लगाउने कुरामा समर्थन नै उनको हत्याको कारण उल्लेख गरिएको छ । रिपोर्टमा खसोग्जीको हत्यामा संलग्न भनेर आरोपितहरूको नाम पनि उल्लेख गरिएको छ ।

साउदी अधिकारीहरूले ती पत्रकारलाई देशमा फर्काउन पठाइएको समूहले गरेको गलत कारबाहीका कारण मारिएको आरोप लगाउँछन् र गत सेप्टेम्बर महिनामा साउदी अदालतले पाँचजनालाई पहिले फासी तर पछि बीस वर्षको जेल सजाय सुनाएको थियो ।

सन् २०१९ मा संयुक्त राष्ट्र संघीय विशेष दूत एगनेस कालामार्डले साउदी राज्यलाई खसोग्जीको हत्या गराएको भन्दै न्यायालयको दुरुपयोग गरेको आरोप लगाएका थिए । रिपोर्ट सार्वजनिक भए लगत्तै अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले केही साउदीहरूमाथि यात्रा प्रतिबन्धहरू घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

  क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री

इजरायलद्वारा इरानमा आक्रमण

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध