नेदरल्याण्डमा कोरोना संक्रमण नियन्त्रणका लागि मार्च १५ सम्म निषेधाज्ञा



कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको निषेधाज्ञाको समय बढाएको छ । कोभिडका कारण लगाइएको कफ्र्युको समय पनि बढाइएको अधिकारीहरुले जनाएका छन् ।

डच प्रधानमन्त्री मार्क रुटले नेदरल्याण्ड्समा अहिले पनि दोस्रो वेभका भाइरसको प्रकोप बढ्दो रुपमा रहेकाले देशका विभिन्न भूभागमा निषेधाज्ञा लगाएको बताएका छन् ।

प्रधानमन्त्री रुटले भने, ‘हामी सहज अवस्थाको पर्खाइमा छौँ, हामीले कोरोना भाइरसको सङ्क्रमण बढ्दो मात्रामा रहेकाले यसको निराकरणका लागि विभिन्न चरणमा प्रयासहरु जारी राखेका छौँ, अबका दिनमा पनि भाइरसको अर्काे वेभ आउन सक्ने खतरा रहेकोले त्यसको सुरक्षाका लागि हामीले प्रयास गरिरहेका छौँ ।’

उनले आगामी मार्च ३ तारिखदेखि भने अहिलेका कडा खालका प्रावधानहरुमा केही खुकुलो बनाउने जानकारी दिए । जस्तो कि प्राथमिक विद्यालयहरु खोल्ने, किनमेल गर्न पाउने समय पनि बढाउने र अरु पनि केही प्रावधानहरुमा खुकुलो बनाउने जानकारी उनले दिए । तर यहाँको सरकारले यहाँ लगाइ आएको कफ्र्युको अवस्था भने नहटाउने जनाएको छ ।

अहिले कतिपय स्थानमा विभिन्न समयमा कफ्र्युको घोषणा गरिएको छ । सो घोषणालाई यही मार्च १५ तारिखसम्म लम्ब्याउने जानकारी दिइएको छ । नेदरल्यण्डमा जनवरी २३ देखि रातिको ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कफ्र्यु लगाइएको छ । यहाँका नागरिकले सरकारले लगाएको यो कफ्र्युको विरोध गरिरहेका भए पनि सरकारले भने यो बाध्यतालाई बुझिदिन भन्दै सबै नागरिकसँग अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाद्वारा मंगलग्रहको नयाँ मिसनमा ढिलाई

नासाले मङ्गल ग्रहमा आफ्नो नयाँ वैज्ञानिक मिसन ‘एस्केपेड’ (एस्केप एण्ड प्लाज्मा एक्सेलेरेसन एन्ड

आसियानद्वारा हरित अर्थतन्त्रका लागि विश्वव्यापी सहयोगको आह्वान

दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियान) ले स्वच्छ ऊर्जालाई प्रवर्द्धन गर्दै हरित अर्थतन्त्रमा विश्वव्यापी

लखनउमा भवन भत्किँदा चारजनाको मृत्यु, २८ जनाको उद्धार

लखनउको यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा चार जनाको मृत्यु भएको छ

बेलायती प्रधानमन्त्री स्टारमर डब्लिन आयरल्याण्ड भ्रमणमा

ब्रेक्जिटपछि युरोपेली सङ्घ (ईयू) राष्ट्रसँग बिग्रिएको सम्बन्ध पुनर्स्थापित गर्ने उद्देश्यले बेलायतका प्रधानमन्त्री कीर