भारत–पाकिस्तान वार्ता गराउन अमेरिकालाई पाकिस्तानको आग्रह


पाकिस्तानले भारत र पाकिस्तानबीच वार्ता गराई दक्षिण एशियामा शान्ति र स्थिरता कायम गर्न भूमिका निर्वाह गर्न अमेरिकालाई आग्रह गरेको छ ।

पाकिस्तानको अङ्ग्रेजी पत्रिका डनले प्रकाशित गरेको समाचारअनुसार अमेरिकाका लागि पाकिस्तानका राजदूत असद माजिद खानले वाशिङ्टनस्थित थिङ्क ट्याङ्क स्टिम्सन सेन्टरद्वारा आयोजित एउटा कार्यक्रममा त्यस्तो आग्रह गरेका हुन् ।

‘पाकिस्तान एउटा शान्तिपूर्ण छिमेकी चाहन्छ। अनि सही परिस्थिति बाउने दायित्व भारतको हो,’ उनले भने । ‘यसमा आफ्नो भूमिका निर्वाह गर्न हामी अमेरिकालाई आग्रह गर्छौँ।’