अमेरिकाको वायुसेवा कम्पनी यूनाइटेड एयरलाइन्सले आफ्ना २४ वटा बोइङ ७७७ विमान ‘ग्राउन्ड’ गर्ने निर्णय गरेको छ । शनिवार उडेको केही छिनमै एउटा विमानको इन्जिनमा समस्या देखिएपछि कम्पनीले यो निर्णय गरेको हो ।
डेन्भरबाट २३१ यात्रु र चालकदलका १० सदस्यसहित उडेको विमानबाट क्षतिग्रस्त इन्जिनका भागहरू आकाशबाट आवासीय क्षेत्रमा खसेका थिए । कुनै मानवीय क्षतिबिनै उक्त विमान पुनः विमास्थलमा अवतरण गर्न सफल भएको थियो ।
उक्त घटनापछि जापानले सबै वायुसेवा प्रदायकहरूलाई ‘प्र्याट एन्ड ह्विट्नी ४०००’ मोडलको इन्जिन भएका बोइङ ७७७ विमानहरू आफ्नो आकाशबाट नउडाउन आग्रह गरेको छ । बोइङ कम्पनीले छानबिन नसकिउन्जेसम्म सो इन्जिन प्रयोग गर्ने बोइङ ७७७ विमानका सबै उडान स्थगित गर्न सुझाव दिएको छ । उसका अनुसार विश्वभरि त्यस्ता ६९ वटा विमान प्रयोगमा छन्।

प्रतिक्रिया