बोइङ ७७७ को इन्जिन फेल भएपछि….



अमेरिकाको डेनभर नजिकै एउटा यात्रु बाहक विमान दुर्घटनामा परेको छ । विमानको एउटा इन्जिनमा खराबी आएपछि आपतकालीन अवतरणको क्रममा विमानका भग्नावशेषहरु घरहरुमा खसेको थियो ।

तर बोइङ ७७७ को सो विमानमा सवार २ सय ३१ जना यात्रु र १० जना चालक दलका सदस्यहरु सबै सकुशल रहेका छन् । विमानमा सवार कोही पनि घाइते नभएका बताइएको छ । विमानको अगाडिको इन्जिनमा खराबी आएपछि उडिरहेको विमानबाट टुक्राहरु टाढा टाढासम्म खसेको थियो ।

ब्रुमफिल्ड शहरका प्रहरीले विमानबाट खसेका भग्नावशेषका तस्वीरहरु सार्वजनिक गरेका छन् । अमेरिकास्थित संघीय उड्डयन प्रशासनले विमानको दायाँ भागको इन्जिन फेल भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका

इन्डोनेसियाको हरित ऊर्जाका लागि एडीबीको वित्तिय समर्थन

मनिला । एसियाली विकास बैङ्क (एडीबी) ले इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न

ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

लस एन्जलस । अमेरिकी एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले तय गरेको आफ्नो विशाल न्यू

काश्मिरमा बारुदी सुरङ्ग विस्फोट हुँदा ६ जना सैनिक घाइते

नयाँदिल्ली । भारतको कश्मीरमा भएको बारुदी सुरङ्ग विस्फोटमा कम्तीमा छ जना भारतीय सेनाका