अमेरिकाले विश्वभरका बैंक तथा व्यवसायबाट उत्तर कोरियाका तीन नागरिकले १.३ अर्ब अमेरिकी डलरभन्दा बढी रकम चोर्न खोजेको अभियोग लगाएको छ । पक्राउ नपरेका ती तीन जनामाथि द्वेषपूर्ण क्रीप्टोकरेन्सी प्रोग्रामहरू प्रयोग गरेको आरोप लगाइएको छ ।
उत्तर कोरियाका ती नागरिकमाथि सन् २०१७ मा ’वाना क्राइ’ साइवर हमलामा समेत संलग्न रहेको आरोप लगाइएको छ जसले यूकेको स्वास्थ्यसम्बन्धी कम्प्युटर प्रणालीलाई प्रभावित बनाएको थियो । त्यसले बेलायत बाहेक विश्वभरका १५० भन्दा बढी देशहरूमा समेत प्रभाव पारेको बताइन्छ ।
पार्क जीन ह्योकमाथि दुई वर्ष अघि सन् २०१४ मा सोनी एन्टरटेन्मेन्ट पिक्चर्सलाई ह्याक गरेको समेत आरोप लगाइएको थियो । सोनी एन्टरटेनमेन्ट पिक्चर्सले सन् २०१४ मा सार्वजनिक गरेको द इन्टरभ्यु चलचित्र उक्त कम्पनी लक्षित साइवर हमलाको प्रारम्भिक कारण रहेको विश्वास गरिन्छ । व्यङ्ग्यात्मक उक्त चलचित्रमा उत्तर कोरियाली नेता किम जङ(अनको खिसीटिउरी गरिएको छ ।
अमेरिकाको न्याय मन्त्रालयले उनी उत्तर कोरियाको सैन्य खुफिया एजेन्सीमा कार्यरत रहेको जनाएको छ । हाल अभियोग लगाइएका तीनै जना उत्तर कोरियामा नै रहेको बताइएको छ जसले अमेरिकी अभियोगका आधारमा आफ्ना नागरीहरूलाई सुपुर्दगी गर्दैन ।

प्रतिक्रिया