उत्तर कोरियामाथि अमेरिकी कम्पनी फाइजरको प्रविधि चोर्न खोजेको दक्षिणको आरोप



उत्तर कोरियाले अमेरिकी औषधि उत्पादक फाइजरबाट कोभिड १९ विरुद्धको खोप विकास गर्ने प्रविधि चोरी गर्न खोजेको आरोप दक्षिण कोरियाका अधिकारीहरूले लगाएका छन् । तर फाइजरको डेटा चोरी भए नभएको विषय भने हालसम्म स्पष्ट हुन सकेको छैन ।

दक्षिण कोरियाको न्याश्नल इन्टेलिजेन्स एजेन्सीले गोप्य रूपमा सांसदहरूलाई आक्रमण गरिएको भन्ने विषयबारे जानकारी गराएको समाचारसंस्था योन्ह्यापले जनाएको छ । उत्तर कोरियाले हालसम्म कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको उल्लेख गरेको छैन ।

तर उसले अक्सफर्ड÷आस्ट्राजेनेकाले विकास गरेको खोपको २० लाख मात्रा आगामी केही हप्ताहरूमा प्राप्त गर्दैछ । गत वर्ष चीनमा कोरोनाभाइरस देखिन थालेपछि ज्यानुअरी महिनादेखि उत्तर कोरियाले आफ्नो सीमानाका बन्द गरेको थियो ।

गत नोभेम्बरमा फाइजरसहित कम्तीमा नौवटा स्वास्थ्यसंस्थालाई राज्य समर्थित रुसी र उत्तर कोरियाली संस्थाहरूले निसाना बनाएको प्रविधि कम्पनी माइक्रोसफ्टले जनाएको थियो ।

जिङ्क र सेरीएम नाम गरेका उत्तर कोरियाली कम्पनी र फ्यान्सी बीअर नाम गरेको रुसी कम्पनी त्यसका लागि जिम्मेवार रहेको बताइएको छ । क्रेम्लिनले अन्य देशको खोपसम्बन्धी अनुसन्धान प्रति निसाना साधेको विषयको खण्डन गरेको छ । धेरैजसो प्रयास विफल भएको भए पनि केही भने सफल भएको माइक्रोसफ्टले चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका

इन्डोनेसियाको हरित ऊर्जाका लागि एडीबीको वित्तिय समर्थन

मनिला । एसियाली विकास बैङ्क (एडीबी) ले इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न

ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

लस एन्जलस । अमेरिकी एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले तय गरेको आफ्नो विशाल न्यू

काश्मिरमा बारुदी सुरङ्ग विस्फोट हुँदा ६ जना सैनिक घाइते

नयाँदिल्ली । भारतको कश्मीरमा भएको बारुदी सुरङ्ग विस्फोटमा कम्तीमा छ जना भारतीय सेनाका