हेइटीमा राष्ट्रपतिविरुद्ध कू प्रयास


हेइटीका अधिकारीहरूले राष्ट्रपति जोभेनल मोइजविरुद्ध गर्न लागिएको कू विफल तुल्याइएको र त्यसक्रममा २० जनाभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको बताएका छन् ।

राष्ट्रपति मोइजले ती मानिसहरूले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको दाबी गर्दै गिरफ्तार गरेको बताएका छन् । गिरफ्तार गरिनेमा सर्वोच्च अदालतका एक न्यायाधीश र एक उच्च प्रहरी अधिकारी पनि रहेको बताए। विपक्षी नेताहरूले गिरफ्तारीको निन्दा गर्दै सरकारविरुद्ध प्रदर्शन गर्न मानिसहरूलाई आह्वान गरेका छन्।