कपडामा रङ्ग लगाउने कारखानामा बाढी पसेपछि इन्डोनेशियाको एउटा गाउँ नै रातो पानीमा डुबेको छ । शनिवार जाभामा रहेको जेन्ग्गट गाउँमा बाढी पस्दा सबै पानी नै रगत जस्तो देखिएको हो । सो क्षेत्र बाटीक भनिने परम्परागत कपडामा रङ्ग भर्ने कार्यको लागि प्रख्यात छ । सामाजिक सञ्जालमा हजारौँले रातो पानीका विभिन्न तस्बिर हालेका थिए ।
स्थानीय अधिकारीले नी तस्बिरहरू सही भएको पुष्टि गरेका छन् । सो क्षेत्रमा नदीहरूको पानी पनि बाटीक कारखानाले प्रयोग गर्ने रङ्गका कारण कहिलेकाहीँ फरक रङ्गका देखिने गरेका थिए । गत महिना त्यहाँको नदीमा चहकिलो हरियो रङ्गको पानी बगेको रोयटर्सले जनाएको छ । इन्डोनेशिया बाढीले धेरै प्रभावित हुने देशमध्ये हो।

प्रतिक्रिया