दक्षिण फिलिपिन्समा ६.३ म्यानिच्युडको भूकम्प


फिलिपिन्सको दक्षिणी भागमा पर्ने दाभाओ डेल सुर प्रान्तमा आइतबार ६.३ म्याग्नीच्युडको भूकम्प गएको फिलिपिन्सको भूगर्भ विभागले जानकारी दिएको छ ।

स्थानीय समयानुसार आइतबार मध्यान्ह १२ः२२ बजे भूकम्प गएको हो । माग्सेसे शहरबाट ६ किलोमिटर दक्षिणपश्चिममा १५ किलोमिटरको गहिराईमा उक्त भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

भूकम्पको कम्पन कोटाबाटो प्रान्तको कादापावान शहर र कोरोनादाल सहरमा पनि कम्पनको महसूस गरिएको जनाइएको छ । भूकम्पबाट मानवीय र भौतिक क्षतिको हालसम्म कुनै समाचार प्राप्त भएको छैन । फिलिपिन्समा भूकम्पको प्रकोपले बारम्बार सताएको पाइन्छ ।